flag of nepal खुल्ने समय : आईतबार देखि बिहिबार - बिहान १० बजे देखी साँझ ५ बजेसम्म (शुक्रबार ३ बजेसम्म)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग

श्री सन्जीव कुमार राई

श्री सन्जीव कुमार राई

श्री सन्जीव कुमार राई – महानिर्देशक

वनस्पति विभागका महानिर्देशक श्री सन्जीव कुमार राईले नेपाल सरकारको वनस्पति विभागमा सन् 2004 मा सेवा प्रवेश गर्नुभएको थियो।त्यो भन्दा अगाडि वहाँले नेपाल कृषि अनुसन्धान परिषदमा अनुसन्धानकर्ताको रुपमा कार्य गर्नुभएको थियो । वहाँले अनुसन्धानकर्ता र प्रेरणादायी नेतृत्वको रुपमा चाडै नै मान्यता प्राप्त गर्नुभयो र छोटो समयमानै नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको सहसचिवको पदमा बढुवा हुनुभयो । वहाँले आफ्नो कार्यकालमा तत्कालिन जिल्ला वनस्पति कार्यालय, जुम्ला र कैलाली, केन्द्रिय उद्यान सेवा शाखा, सिंहदरबार र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा प्रमुखको रुपमा काम गरिसक्नुभएको छ ।

हाल वहाँ वनस्पति विभागको परियोजनाहरुमा प्राविधिक र प्रशासनिक सुपरिवेक्षणको मुख्य जिम्मेवार व्यक्ति हुनुहुन्छ । यसका साथै वहाँले वनस्पति विभागको अनुसन्धान क्षमताको अभिवृद्धि गर्नका लागि नेपाल सरकारद्वारा अनुसन्धानको क्षेत्रमा प्रदान गरिने विभिन्न अनुदानहरु भित्राउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । वहाँले विभिन्न बीस वटा अनुसन्धात्मक लेख रचनाहरु, एक वटा पुस्तकको लेखन र पाँचवटा भन्दा धेरै पुस्तकहरु सहलेखन गर्नुभएको छ । वहाँ एउटा उत्साहि, जिज्ञासु प्रकृति अन्वेषकका साथै एक कुशल वानस्पतिक फोटोग्राफर पनि हुनुहुन्छ ।वहाँको नेतृत्वले नयाँ पिंढीका वनस्पति विज्ञहरुका लागि एउटा प्रेरणाका श्रोत, कुशल गुरु र उद्धेश्यमा पुग्नको लागि उत्प्रेरित गर्ने व्यक्तिको रुपमा चिनाएको छ ।

वनस्पति विधामा योगदान गर्ने कर्मचारीहरु र विश्‍वका वैज्ञानिकहरुलाई प्रदान गरिने अन्तर्राष्ट्रिय स्तरको बेलायत स्थित रोयल बोटानिक गार्डेन एडिनबरा (RBGE) पदक द्वारा विभूषित हुनु भएको छ।

सम्पर्क : +९७७-०१-४२५११६१ ईमेल : sanjeev.rai@nepal.gov.np