Director General

नेपाल सरकार (मा.मन्त्रीस्तर) को मिति २०७३/११/ १७ को निर्णयनुसार डा.अखिलेश्वर लाल कर्ण वनस्पति विभागको महानिर्देशक पदमा पदस्थापना हुनुभएको छ । २०७३ साल फाल्गुन २२ गते देखि महानिर्देशक पदमा कार्यवाहाली गर्नु भएका डा. कर्ण २०४२ सालमा वन सेवामा प्रवेश गर्नु भै सिन्धुपाल्चोक, ओखलढुङ्गा, स्याङजा, पर्सा, झापा, रौतहट, धनकुटा, सल्यान, र कैलाली जिल्लाहरुमा जिल्ला वन अधिकृत पदमा कार्यरत रही म.क्षे.व.निर्देशनालय हेटौडाको उप निर्देशकको पदमा समेत कार्य गर्नु भएको थियो । डा.कर्णले पश्चिमाञ्चल र मध्यममाञ्चल क्षेत्रीय वन निर्देशनालयहरुमा क्षेत्रीय निर्देशकको पदमा कार्यभार  समेत सम्हाली सक्नु भएको छ भने वन तथा भू ( संरक्षण मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुखको जिम्मेवारी पूरा गरी महत्वपुर्ण योगदान पुर्‍याउनु भएको छ । BISEP-ST  र MSFP  परियोजनाहरुमा समेत कार्य गर्नु भएका डा.कर्ण त्रि.वि बाट स्नातक, University of Reading, UK बाट Masters Degree / University of East Angila, UK बाट विद्यावारिधि (PhD)  प्राप्त गर्नुभएको छ ।