Opening Hours : Sunday-Thursday 10am - 5pm (Upto 3pm on Friday)
Government of Nepal Ministry of Forest and Environment Department of Plant Resources

कार्यक्रम

वनस्पति अध्ययन अनुसन्धान कार्यक्रम

वनस्पति अध्ययन अनुसन्धान कार्यक्रम मार्फत नेपालको वानस्पतिक विविधताको अध्ययन ,अनुसन्धान, अन्वेषण तथा सर्वेक्षण गरी वनस्पतिहरुमा अन्तर्निहित जीवनोपयोगी गुणहरुको पहिचान पश्चात वानस्पतिक महत्व उजागर भई आर्थिक विकासमा टेवा पुग्ने तथा प्रविधि विकासको माध्यमबाट वनस्पतिहरुको संरक्षण संवर्द्ध तथा दिगो विकासमा सहयोग पुग्ने ।

वनस्पति संरक्षण तथा उद्यान विकास

वनस्पति संरक्षण तथा उद्यान विकास कार्यक्रम मार्फत देशमा उपलब्ध वनस्पतिहरु विशेष गरेर संकटापन्न, संकटासन्न, दूर्लभ तथा शोभनीय जातका वनस्पतिहरुको संरक्षण तथा सदुपयोग गर्दै वनस्पति उद्यानलाई जीवित संग्रहालयको रुपमा विकास गरी जैविक विविधताको संरक्षण, वातावरणीय सुधार तथा पर्यापर्याटनको विकासमा सघाउ पु¥याउदै वनस्पति संरक्षण गर्न जनचेतनाको अभिबृद्धि गर्ने ।

जडीबुटी विकास कार्यक्रम

जडीबुटी विकास कार्यक्रम मार्फत आम जनतामा जडीबुटीको महत्व तथा खेती सम्बन्धी ज्ञानको प्रचार प्रसार गर्दै महत्वपूर्ण जडीबुटीहरुको खेती विस्तार गर्ने तथा बजारीकरणका उपायहरुको खोजी गरी ग्रामीण भेगका जनताको जीवनस्तरमा सुधार गर्ने कार्यमा सहयोग पु¥याउने । वन पैदावारको सुलभ आपुर्ति, रोजगारी सृजना र जिविकोपार्जनमा प्रोत्साहन गर्ने र अन्तराष्ट्रिय मापदण्ड अनुरुपको प्रयोगशाला प्रमाणीकरण गरेर नेपालका मूल्यवान जडीबुटी/ वनस्पति तथा सुगन्धित तेलहरुको निर्वाधरुपमा निर्यात हुन सक्ने बातावरणको सिर्जना गरी व्यापार घाटालाई कम गर्दै देशको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने ।