Home 5 संगठन 5 उद्यान 5 धिताचौर वनस्पति उद्यान,जुम्ला

धिताचौर वनस्पति उद्यान,जुम्ला

धिताचौर वनस्पति उद्यान समुन्द्री सतहदेखि करिब २५४२ मिटर उचाइमा रहेको र ४.३६ हेक्टर क्षेत्रफलमा फैलिएको नेपालको अग्लो स्थानमा रहेको वनस्पति उद्यान हो । वि. सं. २०४९ सालमा अल्पाईन बोटानिकल कन्जरभेटरीको रुपमा र तत्पश्चात वि.स. २०५६ सालमा धिताचौर वनस्पति उद्यानको स्थापना भएको हो।यो जुम्ला जिल्लाको गुठीचौर-५ मा अवस्थित छ। वनस्पति अनुसन्धान केन्द्र, जुम्लाबाट करीब ४५ मिनेट जति पैदल यात्रापछि धिताचौर वनस्पति उद्यानमा पुग्न सकिन्छ। यस धिताचौर वनस्पति उद्यान विशेष गरी कर्णाली क्षेत्रमा पाइने वनस्पतिहरुको संरक्षण तथा अनुसन्धान गर्ने, प्रविधिमा विकास गर्ने, रैथाने, दुर्लभ तथा संकटापन्न वनस्पतिहरुको संकलन, अध्ययन  अनुसन्धान,  संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो।

यस उद्यानमा हाल १०३ भन्दा बढी प्रजातिका दुर्लभ, रैथाने र लोपोन्मुख वनस्पतिहरुको स्व-स्थानीय र परस्थानीय संरक्षण गरिएको छ। यसैगरी यस उद्यानमा रहेका रोज बाटिका, शोभनीय बाटिका, उन्यू बाटिका जस्ता बाटिका पर्यटकको लागि मनोरन्ञनको केन्द्र बनेको छ भने जडीबुटी बाटिका र जर्मप्लाज्म संरक्षण क्षेत्र विद्यार्थी र अनुसन्धानकर्ताको लागि आकर्षणको केन्द्र बनेको छ।

Pin It on Pinterest

Share This