Opening Hours : आईतबार देखि बिहिबार - बिहान १० बजे देखी साँझ ५ बजेसम्म (शुक्रबार ३ बजेसम्म)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग

जडीबुटी विकास कार्यक्रम

कार्यक्रम उद्देश्यः

  • आम जनतामा जडीबुटीको महत्व तथा खेती सम्बन्धी ज्ञानको विस्तार गर्दै महत्वपूर्ण जडीबुटीहरुको खेती विस्तार गर्ने तथा बजारीकरणका उपायहरुको खोजी गरी ग्रामीण भेगका जनताको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने ।
  • गुणस्तरीय विरुवा उत्पादन, खेती प्रविधि विकासका साथै जडीबुटी प्रजातिहरुमा अनुसन्धानात्मक कार्य गर्ने ।
  • नेपालबाट विदेश निर्यात हुने जडीवुटी एवं जडीवुटीजन्य पदार्थको निर्यातमा प्रयोगशालाको सुविधा प्रदान गरि टेवा पु¥याउनु ।
  • High Value Low Volume को रुपमा प्राप्त हुने Value Added Product को निर्यातमा सहयोग पु¥याउनु ।
  • विश्व व्यापार संगठनको प्रावधान अनुसार TBT (Tariff Barrier to Trade) लाई न्यूनिकरण गर्दे नेपाली जडीवुटी, सुगन्धित तेल एवं सारतत्वलाई अन्र्तराष्ट्रिय बजारमा व्यापारका लागि सहज पहुँच बनाउनु ।
  • आशातित र अर्थतन्त्रको मेरुदण्डको रुपमा देखिएको जडीबुटी को निर्यातमा देखिएका नितिगत एवं कार्यगत वाधाहरुलाई समाधान गर्दै अघि बढाउनु ।
  • प्रयोगशालामा कार्य गर्ने दक्ष जनशक्ति तयार गर्नु ।

 

अपेक्षित उपलब्धीः

  • जडीबुटीको पकेट क्षेत्र पहिचान, स्थायी नर्सरी निर्माण, जडीबुटी प्रजाति प्राथमिकीकरण, जडीबुटी विरुवा उत्पादन तथा खेती विस्तार ।
  • जडीबुटी संकलन केन्द्र निर्माण, उद्यमी व्यवसायीहरुबीच अन्तरक्रिया तथा अनुदान कार्यबाट जडीबुटी बजारीकरणमा ठोस योगदान ।
  • जडीबुटी खेती, संकलन, संरक्षण जस्ता विषयवस्तुहरुमा जनचेतनमा वृद्धि हुने ।
  • प्रयोगशाला प्रमाणीकरणको कार्यलाई अन्तिम रुप दिई प्रयोगशालाबाट जारी हुने विश्लेषण प्रतिवेदनले अन्तिराष्ट्रिय रुपमा मान्यता पाउने अवस्थाको सिर्जना गरी मूल्यवान जडीबुटी वनस्पति तथा सुगन्धित तेलहरुको निर्यात व्यापारमा अभिबृद्धि हुने ।
  • विश्वसनिय परिक्षणबाट प्राप्त नतिजाहरुको मद्दत द्घारा जडीवुटीको उचित मूल्य प्राप्तिमा सघाउ पुग्ने ।

 

हाल सम्मको उपलब्धी

  • वनस्पति विभाग र अन्र्तगतका प्रयोगशालाहरु इन्स्ट्रुमेन्ट शाखा, वायोलोजिकल शाखा, वायोटेक्नोलोजी शाखा, प्राकृतिक सम्पदा अनुसन्धानशाला र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरी को सुदृढीकरण गरिएको ।
  • वनस्पति विभाग र अन्तर्गतका प्रयोगशालाहरुको ६ वटा पारामिटरहरुको Accreditation कार्य सम्पन्न भएको ।
  • वनस्पति विभाग अन्र्तगत प्रयोगशाला भवन निमार्ण कार्य जारी रहेको ।
  • प्रयोगशालाहरुमा कार्यरत जनशक्तिहरुलाई विभिन्न समयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तालिम संचालन भएको जसबाट प्रयोगशालाको सेवालाई निरन्तरता प्रदान गर्न सकिएको ।
  • हालसम्म ५ वटा जडिबुटीहरुको GACP (Good Agriculture and Collection Practice ) प्रकाशन गरिएको ।
  • जिल्ला वनस्पति कार्यालय मकवानपुर र बाँके स्थित प्रयोगशालाहरुको क्षमता विस्तार तथा सुधार गरिएको ।
  • सात जिल्ला वनस्पति कार्यालयहरुद्वारा १३ पकेट क्षेत्र स्थापना गरी गत आ.व.मा १४० हेक्टर क्षेत्रफलमा जडीबुटी खेती विस्तार गरिएको ।
  • १४ संकटापन्न जडीबुटी वनस्पतिहरुको बासस्थान संरक्षण को कार्य सम्पन्न गरिएको ।
  • चिराइतो भेराइटी विकास कार्यक्रम कार्यन्वयनमा रहेको ।

.व २०७५/७६ को विनियोजित बजेट रु ७,०७,००,०००/

.व २०७५/७६ को मुख्य मुख्य क्रियाकलापहरु

  • काठमाण्डौ र बाँके जिल्लामा अत्याधुनिक प्रयोगशाला भवन नर्माण कार्य ।
  • प्रयोगशाला प्रमाणीकरण कार्य (प्रयोगशाला सम्पदा अनुसंधानशाला इन्ष्टुमेन्ट ईन्स्ट्रुमेन्ट शाखा र बायोलोजिकल शाखा)
  • ट्रेड सर्पोट कार्यक्रम
  • GACP कार्यन्वयन
  • संकाटापूर्ण अवस्थामा पुगेका जडीबुटी प्रजातिहरुको बासस्थान संरक्षण
  • जडीबुटी गुणस्तरयि विरुवा उत्पादन
  • चिराइतो भेराइटी विकास कार्यक्रम कार्यन्वयन
  • मेन्था, क्यामोमाइल भेराइटी विकास कार्यक्रम कार्यन्वयन
  • वनस्पतिहरुको DNA Isolation तथा Sequencing कार्य ।