flag of nepal खुल्ने समय : आईतबार देखि विहिबार - बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म, शुक्रबार: साँझ ३:०० बजेसम्म
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग

वनस्पति अनुसन्धान, संरक्षण तथा उद्यान विकास

कार्यक्रमको उद्देश्य

भौगोलिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण वनस्पतिहरुमा रसायनिक जैविक एवम् वनस्पति अध्ययन, अनुसन्धान तथा प्रविधि विकास गरी जैविक विविधताको संरक्षण तथा दिगो विकासका लागि आधार जुटाउदै समग्र देशको आर्थिक उन्नतिमा सहयोग पुर्‍याउने ।

दिगो संरक्षण र व्यवस्थापनबाट जडीबुटी तथा अन्य उपयोगी तथा अन्य उपयोगी वनस्पतिहरुको प्रविधि विकास अनुसन्धान गरी सदुपयोग र बजारीकरणबाट वन पैदावारको सुलभ आपूर्ति रोजकारी सृजना र जिविकोपार्जनमा प्रोत्साहन र प्रचार प्रसार गर्ने ।

अपेक्षित उपलब्धी

  • नेपालको वानस्पति विविधताको अध्ययन, अनुसन्धान, अन्वेषण तथा सर्वेक्षण गरी वनस्पतिहरुमा अन्तर्निहित जीवनोपयोगी गुणहरुको पहिचान पश्यात वनस्पति महत्व उजागर भई आर्थिक विकासमा टेवा पुग्ने तथा प्रविधि विकासको माध्यमबाट वनस्पतिहरुको संरक्षण तथा सम्वर्द्धनमा सहयोग पुग्ने ।
  • जडीबुटी तथा अन्य उपयोगी वनस्पति खेती विस्तार प्रविधि अनुसन्धानबाट वनस्पतिको दिगो संरक्षण व्यवस्थापन भई आय आर्जनमा वृद्धि हुने गरी देशको आर्थिक विकास तथा गरिवी न्युनीकरणको लागि टेवा पुग्न जाने ।
  • उच्च गुणस्तरीय उत्पादित बिरुवाहरुको जर्मप्लाज्म संरक्षण तथा व्यवस्थापन हुन जाने ।
  • अनुसन्धानको लागि आवश्यक जनशक्ति तयार हुने ।
3.3 3 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x