डा. उदय राज शर्मा

डा. उदय राज शर्मा

जन्म मिति : वि.सं. २००८

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०५९- वि. सं. २०६२

डा. उदय राज शर्माले त्रिभूवन विश्वविद्यालबाट वि.सं. २०२८ मा वि.एस्सी उत्तीर्ण गर्नु भै वि.सं. २०३१ सालमा भारतको देहरादुनबाट फरेष्ट्रीमा डिप्लोमा गर्नुभएको थियो।साथै वहाँले युनिभर्सिटी अफ मिनेस्वटा, अमेरिकाबाट वि.सं. २०३९ मा वाइल्ड लाइफ इकोलोजीमा एम.एस्सी गर्नुभयो भने वि.सं २०४८ मा अमेरिकाको यूनिभर्सिटी अफ एरिजोना विश्वविद्यालयबाट वाइल्ड लाइफ इकोलोजीमा विद्यावारिधीको डिग्री हासिल गर्नुभयो ।

नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतका तीन विभागहरुको महा-निर्देशक भईसक्नु भएका शर्माले वि.सं २०५९ वैशाख देखि वि.सं २०६२ आषाढ सम्म वनस्पति विभागको महा-निर्देशकको पद सम्हाल्नु भएको थियो । वहाँले वन तथा भू-संरक्षण मन्त्रालय र वातावरण मन्त्रालयहरुको सचिवको पदभार समेत सम्हाल्नुभएको थियो ।

वहाँको जडीवुटी तथा गैरकाष्ठ वन पैदावार समन्वय समितिको सचिवालय स्थापना गर्न महत्वपूर्ण भूमिका रहेको छ । वहाँले जडीवुटी तथा गैरकाष्ठ वन पैदावारको विकास, जैविक विविधता संरक्षण, संरक्षित क्षेत्रको व्यवस्थापन, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति निर्माण गर्नमा उल्लेखनीय योगदान दिनुभएको थियो। वहाँले संरक्षित क्षेत्रको विकास र व्यवस्थापनमा उच्चस्तरको विशेषज्ञता हासिल गर्नुभएको छ ।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा ६0 भन्दा बढी जति अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशित भएका छन्।

डा.शर्मा वि.सं. २०७२ सालको राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मानित हुनुभएको छ।

Contact Information

Pin It on Pinterest

Share This