डा. तारा केशरी राजभण्डारी

डा. तारा केशरी राजभण्डारी

जन्म मिति : वि. सं. १९९९

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०४९ - वि.सं. २०५१

डा. ताराकेशरी राजभण्डारीले वि.सं. २०२१ सालमा पटना विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एम.एस्सी, वि.सं. २०३९ सालमा रिडिङ्ग विश्वविद्यालय, बेलायतबाट प्लान्ट ट्‍याक्सोनोमी (Plant Taxonomy ) मा एम.एस्सी तथा वि.सं. २०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाट साइटोटेक्सोनोमी ( Cyto taxonomy) विषयमा विद्यावारिधी डिग्री हासिल गर्नु भएको थियो ।वहाँले वि.सं. २०२२ साल देखि वोटानिष्ट पदमा सरकारी सेवामा प्रवेश गर्नु भई वि.सं. २०४९ मा का.मु महानिर्देशकको पद सम्हाल्नुभएको थियो ।

वहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा विभिन्न अनुसन्धानमूलक लेख रचनाहरु प्रकाशित गर्नु भएको छ । वहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलनहरुमा सहभागी हुनुभएको छ I त्रिभुवन विश्वविद्यालय अन्तर्गत हुने वनस्पति शास्त्रको स्नातकोत्तर तहको परीक्षाको परीक्षकको भूमिका पनि वहाँले निर्वाह गर्नुभएको छ I

वहाँ महेन्द्र विद्या भूषण "ख", गोरखादक्षिणबाहु चौथो तथा महेन्द्र विद्या भूषण "क" पदकबाट विभूषित हुनुहुन्छ ।

Contact Information

Pin It on Pinterest

Share This