डा. समर बहादुर मल्ल

डा. समर बहादुर मल्ल

जन्म मिति : वि.सं. १९८९

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०२९- वि. सं. २०४७

डा. समर बहादुर मल्लले वि.सं. २०१४ मा पटना विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एम.एस्सी र वि.सं. २०२२ सालमा बेलायतबाट विद्यावारिधी डिग्री हासिल गर्नु  भएको थियो। वहाँले वि.सं. २०१६ साल देखि सरकारी सेवामा प्रवेश गर्नु भई वि.सं. २०२९ मा वनस्पति विभागमा महानिर्देशकको पद सम्हाल्नु भएको थियो। वहाँको कार्यकालमा वनस्पति विकासको क्रममा धेरै देशहरु सँग सम्बन्ध विस्तार भएको थियो ।Conservation on International Trade in Endangered Species of Wild Fauna and Flora (CITES) को सदस्यता नेपाललाई दिलाउने कार्यमा वहाँले अग्रणी भूमिका खेल्नु भएको थियो । वनस्पति विकासको कार्यहरुको विस्तार र प्रकाशनहरुमा तिब्रता ल्याउनु भएको थियो।

वहाँको एक दर्जन भन्दा बढी
अनुसन्धानमूलक लेख रचनाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशन भएको
छ ।

वहाँ गोरखा दक्षिण बाहु पदकबाट विभूषित हुनुहुन्छ ।

Contact Information

Pin It on Pinterest

Share This