श्री मधुसुदन विष्ट

श्री मधुसुदन विष्ट

जन्म मिति : वि.सं. २००२

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०२१- वि.सं. २०५९

श्री मधुसुदन विष्टले त्रिभूवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरी बेलायत स्थित बर्मीङघम विश्वविद्यालयबाट Plant Genetic Resources मा एम. एस्सी. गर्नुभएको थियो।  वहाँले वि.सं. २०१९ सालमा असिष्टेन्ट वोटानिष्टको रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएको हो । वहाँले वि.सं. २०५१ देखि २०५९ सम्म वनस्पति विभागको महानिर्देशक  पदमा र तत्पश्चात वन तथा भू-संरक्षण मन्त्रालयको अनुगमन तथा मुल्याङ्कन महाशाखाको प्रमुखको रुपमा काम गर्नुभयो ।

वहाँले जडिबुटी तथा गैरकाष्ठ वन पैदावार समन्वय समितिको गठनमा विशेष भूमिका रहेको थियो जसले नेपालमा रहेका जडिबुटी एवं गैरकाष्ठ वन पैदावारहरुको विकासको लागि दीर्घकालीन लक्ष्य तय गरी राष्ट्रिय नीति तर्जुमा गर्ने लक्ष्य लिएको थियो।

वहाँ शुभाराज्यभिषेक पदक, जनपद पद, दीर्घसेवा पदक, गोरखा दक्षिण बाहु घ, वीरेन्द्र एश्वर्य पदक, प्रबल गोरखा दक्षिण बाहु तेस्रोबाट सम्मानित हुनुहुन्छ ।

Contact Information

Pin It on Pinterest

Share This