स्व.डा. समन बहादुर राजभण्डारी

स्व.डा. समन बहादुर राजभण्डारी

जन्म मिति : वि. सं. १९९२

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०४७ - वि.सं. २०४८

डा. समन बहादुर राजभण्डारीले  भारतको लखनउ यूनिभर्सिटीबाट वि.सं. २०१५ मा वनस्पति शास्त्रमा एम.एस्सी र बेलायतको नटीङ्गघाम विश्वविद्यालयबाट वि.सं २०२४ मा तन्तु प्रजनन् (Tissue Culture) विद्यावारिधी डिग्री हासिल गर्नुभएको थियो। वहाँ वि.सं. २०१६ सालमा बोटानिष्ट पदमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो। वहाँले वनस्पति विभागको महानिर्देशकको रुपमा वि.सं. २०४७  मा पदभार सम्हाल्नुभएको थियो । वहाँले टिष्यूकल्चर प्रविधिको विकासमा अग्रणी भूमिका खेल्नु भएको थियो। गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा देशको पहिलो वनस्पतीय तन्तु प्रजनन् प्रयोगशाला स्थापना हुनुमा वहाँको ठुलो योगदान रहेको छ।करिब ११५ भन्दा बढी आर्थिक वनस्पतिहरुको जस्तै सुनाखरी,लोक्ता, केरा, अलैची, आलु, सिसौ, मसला आदिको तन्तु प्रजनन् प्रविधिको विकास गर्न सफल भएको थियो। यो प्रविधि व्यापारिक दृष्टिकोणले महँगो भएकोले वहाँले " स्याण्ड रुटिङ्ग पद्धति " विकास गर्न उल्लेखनीय योगदान दिनुभयो।

वहाँले विभिन्न राष्ट्रिय तथा अर्न्‍तराष्ट्रिय
जर्नलहरुमा तन्तु प्रजनन् सम्बन्धित लेख रचनाहरु प्रकाशित भएका छन् ।

वहाँ वीरेन्द्र विज्ञान तथा
प्रविधि पुरस्कार पाउने पहिलो व्यक्ति हुनुहुन्छ भने गोरखा दक्षिण बाहु पदकबाट पनि
विभुषित हुनुहुन्छ ।

Contact Information

Pin It on Pinterest

Share This