flag of nepal खुल्ने समय : आईतबार देखि विहिबार - बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म, शुक्रबार: साँझ ३:०० बजेसम्म
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग

कार्य विभाजन

नेपालमा पाइने वानस्पतिक स्रोतको विविधताको अन्वेषण, संकलन, पहिचान, नमूनाहरुको संरक्षण, अध्ययन, अनुसन्धान र तिनीहरुको स्वस्थानीय वा परस्थानीय संरक्षण र व्यवस्थापन गर्ने, तिनमा विद्यमान रसायनिक तत्वहरुको अध्ययन अनुसन्धान विश्लेषण, दिगो उपयोग, आयमूलक खेती प्रवर्द्धन गरी रोजगार सृजना गर्ने तथा औद्योगिकीकरणको लागि परामर्श सेवा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुर्‍याउन र सामाजिक अवस्था उकास्न मद्दत गर्ने यस विभागका मुख्य उद्देश्य रहेको छ ।

  • वनस्पति संरक्षण र अनुसन्धान सम्वन्धि अन्तराष्ट्रिय सन्धी, सम्झौता एवम् प्रतिवद्घताको कार्यान्वयन गर्ने एवम् सरोकारवालासँग समन्वय गर्ने।
  • नेपालका वनस्पति विविधताको सर्वेक्षण, संकलन, संग्रह तथा अध्ययन अनुसन्धान गर्ने।
  • नेपालमा पाइने वानस्पतिक आनुवशिंक श्रोतको संरक्षण गर्ने।
  • नेपालमा पाइने वनस्पति प्रजातिको अभिलेखिकरण गरी नेपाल फ्लोरा प्रकाशन गर्ने।
  • वनस्पति स्रोतको संरक्षण, सदुपयोग, अनुसन्धान, अन्वेषण कार्यहरुवाट विकसित सवै वनस्पति जन्य सारतत्व, नयाँ फर्मुलेशन, वर्णशंकर, प्रजाति, आदिको नेपाल सरकारको नाममा patent दावी गर्न Patent/Intellectual Property Rightलाभको समन्यायिक वाँडफाँड गर्न प्रकृया चलाउने।
  • राष्ट्रियस्तरका वनस्पति उद्यान, हर्वेरियम र प्रयोगशालाको व्यवस्थापन गर्ने।
  • वनस्पतिको पहिचान तथा अभिलेखिकरण सम्वन्धि राष्ट्रियस्तरको नीति, निर्देशिका, मापदण्ड तयार गर्ने।
  • वनस्पतिहरुको रासायनिक परीक्षण, विश्लेषण, प्रमाणीकरण, गुणस्तर निर्धारण तथा व्यापार सहजिकरण गर्ने।
  • जडिवुटी तथा गैरकाष्ठ वन पैदावारको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रर्वद्घनात्मक कार्यहरु गर्ने।
  • वनस्पति अनुसन्धान केन्द्र र वनस्पति प्रयोगशालाहरुको व्यवस्थापन गर्ने ।