Home 5 Team Members 5 श्री सन्जीव कुमार राई
श्री सन्जीव कुमार राई

श्री सन्जीव कुमार राई

जन्म मिति : वि.सं.२०३४

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं.२०६१- वि.सं.२०७५
वि.सं.२०७७- वि.सं.२०७८

श्री सन्जीव कुमार राईले त्रिभूवन विश्वविद्यालबाट वि.सं. २०५८ सालमा Plant Biotechnology मा एम.एस्सी. उत्तीर्ण गर्नुभएको थियो।हाल वहाँले त्रिभूवन विश्वविद्यालबाट Ecology and Climate Change मा विद्यावारिधि गरिरहनु भएको छ।वहाँले वि.सं २०६१ सालमा तत्कालिन जिल्ला वनस्पति कार्यालय,जुम्लामा कार्यालय प्रमुखको रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो।वहाँले आफ्नो कार्यकालमा तत्कालिन जिल्ला वनस्पति कार्यालय, कैलाली, केन्द्रिय उद्यान सेवा शाखा, सिंहदरबार र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा प्रमुखको रुपमा काम गरिसक्नुभएको छ।वहाँ छोटो कार्यकालमा नै नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको सहसचिव पदको जिम्मेवारी पाउनु भएको थियो। वहाँले वि. सं. २०७४ साल मंसीरदेखि वि.सं २०७५ भाद्रसम्म वनस्पति विभागको महा-निर्देशकको पदभार सम्हाल्नु भएको थियो ।

वनस्पति विभागको अनुसन्धान क्षमताको अभिवृद्धि गर्नका लागि नेपाल सरकारद्वारा अनुसन्धानको क्षेत्रमा प्रदान गरिने विभिन्न अनुदानहरु भित्राउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका श्री सन्जीव कुमार राईले Make In Nepal र Traditional knowledge and Benefit Sharing जस्ता कार्यक्रमहरु साथै अनुसन्धानलाई मूल्य अभिवृद्धि शृंखलासँग जोड्ने लयमा जुन महत्वपूर्ण भूमिका निभाउनु भएको थियो त्यो अनुकरणीय रहेको छ ।

वहाँले विभिन्न बीस वटा अनुसन्धात्मक लेख रचनाहरुको प्रकाशन एवं  एक वटा पुस्तकको लेखन गर्नुका साथै पाँचवटा भन्दा धेरै पुस्तकहरु सहलेखन गर्नुभएको छ । वहाँ एउटा उत्साहि, जिज्ञासु एवं प्रकृति अन्वेषक हुनुका साथै एक कुशल वानस्पतिक फोटोग्राफर पनि हुनुहुन्छ ।वहाँको मार्गदर्शनले नयाँ पिंढीका वनस्पति विज्ञहरुका लागि एउटा प्रेरणाका श्रोत, कुशल मार्गदर्शक साथै गन्तव्यमा पुग्नको लागि उत्प्रेरित गर्ने व्यक्तिको रुपमा चिनाएको छ ।

वनस्पति विधामा योगदान गर्ने कर्मचारीहरु र विश्‍वका वैज्ञानिकहरुलाई प्रदान गरिने अन्तर्राष्ट्रिय स्तरको बेलायत स्थित रोयल बोटानिक गार्डेन एडिनबरा (RBGE) पदक द्वारा वहाँ सम्मानित  हुनु भएको छ।हाल वहाँ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं.१ मा  प्रदेश सचिवको रुपमा सेवारत हुनुहुन्छ।

Contact Information

Pin It on Pinterest

Share This