flag of nepal खुल्ने समय : आईतबार देखि बिहिबार - बिहान १० बजे देखि साँझ ५ बजेसम्म (शुक्रबार ३ बजेसम्म)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग

डा. सुशीम रञ्‍जन बराल

डा. सुशीम रञ्‍जन  बराल

जन्म मिति : वि. सं. २०११

वनस्पति विभागमा कार्यकाल अवधि : वि. सं. २०६७ – वि. सं. २०६८

डा. सुशीम रञ्‍जन बरालले त्रिभुवन विश्वविद्यालयबाट वि. सं. २०४० सालमा वनस्पति शास्त्रमा  एम. एस्सी. उत्तीर्ण गर्नुभई वनारस हिन्दु विश्वविद्यालय भारतबाट विद्यावारिधी डिग्री हासिल गर्नुभएको थियो । वहाँ वि. सं. २०३६ मा वनस्पति विभागमै पदस्थापन भई सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।वि.सं. २०६७ सालमा वहाँले वनस्पति विभागको महानिर्देशकको रुपमा पदभार सम्हाली कार्य गर्नुभएको थियो।वहाँले वनस्पतिहरुको संरक्षणका लागि हर्वेरियमको डिजिटाईजेसन सुरु गर्नको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको थियो । वहाँको जडिबुटी तथा गैरकाष्ठ वनपैदावार, लेउ (Algae) विषयमा दक्षता रहेको छ ।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा ३० भन्दा बढी अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशिक भएको छ ।साथै ८० भन्दा बढी प्रकाशनहरुको सम्पादन पनि गर्नुभएको छ ।वहाँले Algae, नेपालका फुल फुल्ने वनस्पतिहरु (Vol. I, II, III) पुस्तकहरु लेख्नुभएको छ ।

वहाँ प्रबल गोरखा दक्षिण बाहुबाट सम्मानित हुनुहुन्छ ।