flag of nepal खुल्ने समय : आईतबार देखि बिहिबार - बिहान १० बजे देखि साँझ ५ बजेसम्म (शुक्रबार ३ बजेसम्म)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग

स्व. प्रयाग राज पाण्डे (संस्थापक)

जन्म मिति :

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०१६ – वि.सं. २०२४

स्व. प्रयागराज पाण्डे वि. स. २००२ साल देखि सरकारी सेवामा प्रवेश गर्नु भएको थियो । उहाँले इलाहाबादबाट वनस्पति शास्त्र ( Botany ) मा एम. एस्सी डिग्री हाँसिल गर्नु भै वनस्पति  क्षेत्रको विकासको क्रममा वनस्पति फाँट, वनस्पति गोश्वाराको संरचनालाई आधुनिकिकरण गरी वनस्पति विभागको स्थापना गर्न ठुलो योगदान पुर्याउनु भएको थियो । उहाँको कार्यकालमा वनस्पति सर्वेक्षण, वनस्पति संरक्षण,‌औषधि विकास , जडीबुटी खेति र जडीबुटीका कार्यहरुमा संस्थागत विकास भएको थियो । वहाँ वि. स. २०२४ साल देखि २०२९ साल सम्म वन मन्त्रालय सचिवको रुपमा कार्यरत रहनु भएको थियो ।