flag of nepal खुल्ने समय : आईतबार देखि बिहिबार - बिहान १० बजे देखि साँझ ५ बजेसम्म (शुक्रबार ३ बजेसम्म)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग

श्री यम बहादुर थापा

जन्म मिति : वि.सं. २०१४

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०७० – वि.सं. २०७१

श्री यम बहादुर थापाले वन विज्ञान विषयमा फिलिपिन्स विश्वविद्यालयबाट वि.सं. २०५१ मा एम. एस्सी. उत्तीर्ण गर्नुभएको थियो ।वहाँले वि.सं. २०३८ सालदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । वहाँले वनस्पति विभागको महानिर्देशकको रुपमा वि.सं. २०७० सालमा कार्यभार सम्हाल्नुभएको थियो ।वहाँले नेपालका वन तथा वानस्पतिक क्षेत्रको विकासको र विभाग अन्तर्गतका प्रयोगशालाहरुको Accreditation कार्यको थालनी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वन नीति नियम निर्माणमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो ।