डा. लोकेन्द्र राज शर्मा
जन्म मिति : वि.सं. २००९
वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०३१ - वि.सं. २०६५
डा. लोकेन्द्रराज शर्माले त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एम.एस्सी तथा लखनउ विश्वविद्यालय भारतबाट विद्यावारिधि डिग्री हासिल गर्नु भएको थियो।वहाले वि.सं. २०३१ साल देखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो।वहाँले वि.सं. २०६३ मा वनस्पति विभागको महानिर्देशक पदमा कार्यभार सम्हाल्नुभएको थियो। नेपालको झ्याउ प्रजातिको अध्ययन अनुसन्धानमा वहाँले विशेष योगदान दिनुभएको थियो। वहाँको परम्परागत जडिबुटीहरु सम्बन्धि, जैविक विविधता संरक्षण विशेष दक्षता रहेको छ ।
वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा २0 भन्दा बढी जति अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशित भएका छन्।
वहाँ महेन्द्र विद्या भूषण पदक बाट सम्मानित हुनुहुन्छ ।