flag of nepal खुल्ने समय : आईतबार देखि विहिबार - बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म, शुक्रबार: साँझ ३:०० बजेसम्म
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग

राष्ट्रिय वनस्पति पुरस्कार

वानस्पतिक विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरी यिनको संरक्षण, सम्बर्द्धन, व्यवस्थापन एवम् दिगो उपयोग गरी देशको सामाजिक–आर्थिक विकास गर्न उल्लेखनीय एवम् प्रशंसनीय कार्य गर्ने व्यक्ति, समूह वा संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले वि स. २०६६ सालमा राष्ट्रिय वनस्पति पुरस्कार स्थापना गरेको हो ।

 

राष्ट्रिय वनस्पति पुरस्कारको राशी रु दुई लाख रहेको छ। यो पुरस्कार वनस्पति विभागले राष्ट्रिय वनस्पति दिवस चैत्र २९ गतेका दिन प्रदान गर्दछ ।