Home 5 राष्ट्रिय वनस्पति पुरस्कार

प्राध्यापक डा. लोकेश रत्न शाक्यज्यू राष्ट्रिय वनस्पति पुरस्कार २०८० बाट सम्मानित हुनुहुँदै ।

वानस्पतिक विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरी यिनको संरक्षण, सम्बर्द्धन, व्यवस्थापन एवम् दिगो उपयोग गरी देशको सामाजिक–आर्थिक विकास गर्न उल्लेखनीय एवम् प्रशंसनीय कार्य गर्ने व्यक्ति, समूह वा संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले वि स. २०६६ सालमा राष्ट्रिय वनस्पति पुरस्कार स्थापना गरेको हो ।

राष्ट्रिय वनस्पति पुरस्कारको राशी रु दुई लाख रहेको छ। यो पुरस्कार वनस्पति विभागले प्रत्येक वर्ष राष्ट्रिय वनस्पति दिवस, चैत्र २९ गतेका दिन प्रदान गर्दछ ।

राष्ट्रिय वनस्पति पुरस्कारद्वारा सम्मानित व्यक्तित्वहरु

  • प्रा. डा दिव्य देव भट्ट (२०६६)
  • डा. समर बहादुर मल्ल (२०६७)
  • डा. तिर्थ बहादुर क्षेष्ठ (२०६८)
  • डा. समन बहादुर राजभण्डारी (मरणोपरान्त) र डा. पुरुषोत्तम नारायण सुवाल (२०६९)
  • डा. सिताराम अधिकारी (२०७०)
  • डा. केशव राज राजभण्डारी (२०७१)
  • डा. उदय राज शर्मा (२०७२)
  • प्रा.डा. प्रमोद कुमार झा (२०७३)
  • प्रा.डा. राम प्रसाद चौधरी (२०७४)
  • प्रा. डा. संगीता राजभण्डारी (२०७५)
  • डा. महेश कुमार अधिकारी (२०७६)
  • डा. हरि प्रसाद अर्याल (२०७७)
  • प्रा. डा. कृष्ण कुमार श्रेष्ठ (२०७८)
  • प्रा. डा. निर्मला प्रधान (२०७९)
  • प्रा. लोकेश रत्न शाक्य (२०८०)

राष्ट्रिय वनस्पति पुरस्कार कार्यविधि यहाँ पढ्न सक्नुहुन्छ

Pin It on Pinterest

Share This