Former Directors General

स्व. प्रयाग राज पाण्डे (संस्थापक)

स्व. प्रयाग राज पाण्डे (संस्थापक)

जन्म मिति :

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०१६ – वि.सं. २०२४

स्व. प्रयागराज पाण्डे वि. स. २००२ साल देखि सरकारी सेवामा प्रवेश गर्नु भएको थियो । उहाँले इलाहाबादबाट वनस्पति शास्त्र ( Botany ) मा एम. एस्सी डिग्री हाँसिल गर्नु भै वनस्पति क्षेत्रको विकासको क्रममा वनस्पति फाँट, वनस्पति गोश्वाराको संरचनालाई आधुनिकिकरण गरी वनस्पति विभागको स्थापना गर्न ठुलो योगदान पुर्याउनु भएको थियो । उहाँको कार्यकालमा वनस्पति सर्वेक्षण, वनस्पति संरक्षण,‌औषधि विकास , जडीबुटी खेति र जडीबुटीका कार्यहरुमा संस्थागत विकास भएको थियो । वहाँ वि. स. २०२४ साल देखि २०२९ साल सम्म वन मन्त्रालय सचिवको रुपमा कार्यरत रहनु भएको थियो ।

डा. पुरुषोत्तम नारायण सुवाल

डा. पुरुषोत्तम नारायण सुवाल

जन्म मिति : वि.स. १९८७

व...

View More
डा. पुरुषोत्तम नारायण सुवाल

डा. पुरुषोत्तम नारायण सुवाल

जन्म मिति : वि.स. १९८७

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०२४- वि.सं. २०२९

डा. पुरुषोत्तम नारायण सुवाल वि.स. २००८ मा बनारसमा हिन्दु विश्वविद्यालयबाट एम. फार्म तथा वि.सं. २०१६ मा यूनिभर्सिटी अफ लण्डनबाट विद्यावारिधिको डिग्री हासिल गर्नुभएको थियो । वहाँले वि.स. २००९ देखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो।साथै वि.सं. २०२४ मा वनस्पति विभागको महानिर्देशकको पद सम्हाल्नु भएको थियो।देशमा औषधी उद्योगका पूर्वाधारहरु खडा गर्न तथा यस विभागबाट औषधी उत्पादन कार्य शुरु गर्न वहाँले अग्रणी भुमिका निर्वाह गर्नुभएको थियो।

वहाँ महेन्द्र विद्या भुषण "क" , गोरखा दक्षिण बाहु र त्रिशक्ति पट्ट पदकहरुबाट पनि विभुषित हुनुहुन्छ ।

स्व.डा. समन बहादुर राजभण्डारी

स्व.डा. समन बहादुर राजभण्डारी

जन्म मिति : वि. सं. १९९२

...

View More
स्व.डा. समन बहादुर राजभण्डारी

स्व.डा. समन बहादुर राजभण्डारी

जन्म मिति : वि. सं. १९९२

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०४७ - वि.सं. २०४८

डा. समन बहादुर राजभण्डारीले  भारतको लखनउ यूनिभर्सिटीबाट वि.सं. २०१५ मा वनस्पति शास्त्रमा एम.एस्सी र बेलायतको नटीङ्गघाम विश्वविद्यालयबाट वि.सं २०२४ मा तन्तु प्रजनन् (Tissue Culture) विद्यावारिधी डिग्री हासिल गर्नुभएको थियो। वहाँ वि.सं. २०१६ सालमा बोटानिष्ट पदमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो। वहाँले वनस्पति विभागको महानिर्देशकको रुपमा वि.सं. २०४७  मा पदभार सम्हाल्नुभएको थियो । वहाँले टिष्यूकल्चर प्रविधिको विकासमा अग्रणी भूमिका खेल्नु भएको थियो। गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा देशको पहिलो वनस्पतीय तन्तु प्रजनन् प्रयोगशाला स्थापना हुनुमा वहाँको ठुलो योगदान रहेको छ।करिब ११५ भन्दा बढी आर्थिक वनस्पतिहरुको जस्तै सुनाखरी,लोक्ता, केरा, अलैची, आलु, सिसौ, मसला आदिको तन्तु प्रजनन् प्रविधिको विकास गर्न सफल भएको थियो। यो प्रविधि व्यापारिक दृष्टिकोणले महँगो भएकोले वहाँले " स्याण्ड रुटिङ्ग पद्धति " विकास गर्न उल्लेखनीय योगदान दिनुभयो।

वहाँले विभिन्न राष्ट्रिय तथा अर्न्‍तराष्ट्रिय
जर्नलहरुमा तन्तु प्रजनन् सम्बन्धित लेख रचनाहरु प्रकाशित भएका छन् ।

वहाँ वीरेन्द्र विज्ञान तथा
प्रविधि पुरस्कार पाउने पहिलो व्यक्ति हुनुहुन्छ भने गोरखा दक्षिण बाहु पदकबाट पनि
विभुषित हुनुहुन्छ ।

डा. समर बहादुर मल्ल

डा. समर बहादुर मल्ल

जन्म मिति : वि.सं. १९८९

...

View More
डा. समर बहादुर मल्ल

डा. समर बहादुर मल्ल

जन्म मिति : वि.सं. १९८९

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०२९- वि. सं. २०४७

डा. समर बहादुर मल्लले वि.सं. २०१४ मा पटना विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एम.एस्सी र वि.सं. २०२२ सालमा बेलायतबाट विद्यावारिधी डिग्री हासिल गर्नु  भएको थियो। वहाँले वि.सं. २०१६ साल देखि सरकारी सेवामा प्रवेश गर्नु भई वि.सं. २०२९ मा वनस्पति विभागमा महानिर्देशकको पद सम्हाल्नु भएको थियो। वहाँको कार्यकालमा वनस्पति विकासको क्रममा धेरै देशहरु सँग सम्बन्ध विस्तार भएको थियो ।Conservation on International Trade in Endangered Species of Wild Fauna and Flora (CITES) को सदस्यता नेपाललाई दिलाउने कार्यमा वहाँले अग्रणी भूमिका खेल्नु भएको थियो । वनस्पति विकासको कार्यहरुको विस्तार र प्रकाशनहरुमा तिब्रता ल्याउनु भएको थियो।

वहाँको एक दर्जन भन्दा बढी
अनुसन्धानमूलक लेख रचनाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशन भएको
छ ।

वहाँ गोरखा दक्षिण बाहु पदकबाट विभूषित हुनुहुन्छ ।

डा. तारा केशरी राजभण्डारी

डा. तारा केशरी राजभण्डारी

जन्म मिति : वि. सं. १९९९

...

View More
डा. तारा केशरी राजभण्डारी

डा. तारा केशरी राजभण्डारी

जन्म मिति : वि. सं. १९९९

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०४९ - वि.सं. २०५१

डा. ताराकेशरी राजभण्डारीले वि.सं. २०२१ सालमा पटना विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एम.एस्सी, वि.सं. २०३९ सालमा रिडिङ्ग विश्वविद्यालय, बेलायतबाट प्लान्ट ट्‍याक्सोनोमी (Plant Taxonomy ) मा एम.एस्सी तथा वि.सं. २०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाट साइटोटेक्सोनोमी ( Cyto taxonomy) विषयमा विद्यावारिधी डिग्री हासिल गर्नु भएको थियो ।वहाँले वि.सं. २०२२ साल देखि वोटानिष्ट पदमा सरकारी सेवामा प्रवेश गर्नु भई वि.सं. २०४९ मा का.मु महानिर्देशकको पद सम्हाल्नुभएको थियो ।

वहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा विभिन्न अनुसन्धानमूलक लेख रचनाहरु प्रकाशित गर्नु भएको छ । वहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलनहरुमा सहभागी हुनुभएको छ I त्रिभुवन विश्वविद्यालय अन्तर्गत हुने वनस्पति शास्त्रको स्नातकोत्तर तहको परीक्षाको परीक्षकको भूमिका पनि वहाँले निर्वाह गर्नुभएको छ I

वहाँ महेन्द्र विद्या भूषण "ख", गोरखादक्षिणबाहु चौथो तथा महेन्द्र विद्या भूषण "क" पदकबाट विभूषित हुनुहुन्छ ।

श्री मधुसुदन विष्ट

श्री मधुसुदन विष्ट

जन्म मिति : वि.सं. २००२

...

View More
श्री मधुसुदन विष्ट

श्री मधुसुदन विष्ट

जन्म मिति : वि.सं. २००२

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०२१- वि.सं. २०५९

श्री मधुसुदन विष्टले त्रिभूवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरी बेलायत स्थित बर्मीङघम विश्वविद्यालयबाट Plant Genetic Resources मा एम. एस्सी. गर्नुभएको थियो।  वहाँले वि.सं. २०१९ सालमा असिष्टेन्ट वोटानिष्टको रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएको हो । वहाँले वि.सं. २०५१ देखि २०५९ सम्म वनस्पति विभागको महानिर्देशक  पदमा र तत्पश्चात वन तथा भू-संरक्षण मन्त्रालयको अनुगमन तथा मुल्याङ्कन महाशाखाको प्रमुखको रुपमा काम गर्नुभयो ।

वहाँले जडिबुटी तथा गैरकाष्ठ वन पैदावार समन्वय समितिको गठनमा विशेष भूमिका रहेको थियो जसले नेपालमा रहेका जडिबुटी एवं गैरकाष्ठ वन पैदावारहरुको विकासको लागि दीर्घकालीन लक्ष्य तय गरी राष्ट्रिय नीति तर्जुमा गर्ने लक्ष्य लिएको थियो।

वहाँ शुभाराज्यभिषेक पदक, जनपद पद, दीर्घसेवा पदक, गोरखा दक्षिण बाहु घ, वीरेन्द्र एश्वर्य पदक, प्रबल गोरखा दक्षिण बाहु तेस्रोबाट सम्मानित हुनुहुन्छ ।

डा. उदय राज शर्मा

डा. उदय राज शर्मा

जन्म मिति : वि.सं. २००८

...

View More
डा. उदय राज शर्मा

डा. उदय राज शर्मा

जन्म मिति : वि.सं. २००८

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०५९- वि. सं. २०६२

डा. उदय राज शर्माले त्रिभूवन विश्वविद्यालबाट वि.सं. २०२८ मा वि.एस्सी उत्तीर्ण गर्नु भै वि.सं. २०३१ सालमा भारतको देहरादुनबाट फरेष्ट्रीमा डिप्लोमा गर्नुभएको थियो।साथै वहाँले युनिभर्सिटी अफ मिनेस्वटा, अमेरिकाबाट वि.सं. २०३९ मा वाइल्ड लाइफ इकोलोजीमा एम.एस्सी गर्नुभयो भने वि.सं २०४८ मा अमेरिकाको यूनिभर्सिटी अफ एरिजोना विश्वविद्यालयबाट वाइल्ड लाइफ इकोलोजीमा विद्यावारिधीको डिग्री हासिल गर्नुभयो ।

नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतका तीन विभागहरुको महा-निर्देशक भईसक्नु भएका शर्माले वि.सं २०५९ वैशाख देखि वि.सं २०६२ आषाढ सम्म वनस्पति विभागको महा-निर्देशकको पद सम्हाल्नु भएको थियो । वहाँले वन तथा भू-संरक्षण मन्त्रालय र वातावरण मन्त्रालयहरुको सचिवको पदभार समेत सम्हाल्नुभएको थियो ।

वहाँको जडीवुटी तथा गैरकाष्ठ वन पैदावार समन्वय समितिको सचिवालय स्थापना गर्न महत्वपूर्ण भूमिका रहेको छ । वहाँले जडीवुटी तथा गैरकाष्ठ वन पैदावारको विकास, जैविक विविधता संरक्षण, संरक्षित क्षेत्रको व्यवस्थापन, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति निर्माण गर्नमा उल्लेखनीय योगदान दिनुभएको थियो। वहाँले संरक्षित क्षेत्रको विकास र व्यवस्थापनमा उच्चस्तरको विशेषज्ञता हासिल गर्नुभएको छ ।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा ६0 भन्दा बढी जति अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशित भएका छन्।

डा.शर्मा वि.सं. २०७२ सालको राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मानित हुनुभएको छ।

श्री हरिकृष्ण सैंजु

श्री हरिकृष्ण सैंजु

जन्म मिति : वि.स. २००७

...

View More
श्री हरिकृष्ण सैंजु

श्री हरिकृष्ण सैंजु

जन्म मिति : वि.स. २००७

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०३० - वि.सं. २०६३

श्री हरिकृष्ण सैजूले वि.सं. २०३१ मा त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र वरभिङगम विश्वविद्यालय, बेलायतबाट कन्जरभेशन एण्ड यूटिलाइजेशन अफ प्लान्ट जिनेटिक रिसोर्सेज  विषयमा एम.एस्सी डिग्री हासिल गर्नुभएको थियो। वहाँले वि.स.२०३० साल देखि शाही वनस्पति उद्यान, गोदावरीबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो। वहाँले वि.स. २०६२ देखि २०६३ सम्म वनस्पति विभागमा महा-निर्देशकको कार्यभार सम्हाल्नु भएको थियो। उहाँको टिष्यूकल्चर प्रविधिको विकासमा महत्वपूर्ण भूमिका रहेको छ। वहाँको Seed technology, Plant exploration, Plant Gene-bank Management मा दक्षता रहेको छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा ६६ भन्दा बढी अनुसन्धानमूलक लेख, रचनाहरु प्रकाशित गर्नुभएको थियो।

वहाँ दिपेन्द्र यूवा विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित हुनुहुन्छ।

डा. लोकेन्द्र राज शर्मा

डा. लोकेन्द्र राज शर्मा

जन्म मिति : वि.सं. २००९

...

View More
डा. लोकेन्द्र राज शर्मा

डा. लोकेन्द्र राज शर्मा

जन्म मिति : वि.सं. २००९

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०३१ - वि.सं. २०६५

डा. लोकेन्द्रराज शर्माले त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एम.एस्सी तथा लखनउ विश्वविद्यालय भारतबाट विद्यावारिधि डिग्री हासिल गर्नु भएको थियो।वहाले वि.सं. २०३१  साल देखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो।वहाँले वि.सं. २०६३ मा वनस्पति विभागको महानिर्देशक पदमा कार्यभार सम्हाल्नुभएको थियो। नेपालको झ्याउ प्रजातिको अध्ययन अनुसन्धानमा वहाँले विशेष योगदान दिनुभएको थियो। वहाँको परम्परागत जडिबुटीहरु सम्बन्धि, जैविक विविधता संरक्षण विशेष दक्षता रहेको छ ।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा २0 भन्दा बढी जति अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशित भएका छन्।

वहाँ महेन्द्र विद्या भूषण पदक बाट सम्मानित हुनुहुन्छ ।

श्री पूष्प राज श्रेष्ठ

श्री पूष्प राज श्रेष्ठ

जन्म मिति : वि.सं. २००९

...

View More
श्री पूष्प राज श्रेष्ठ

श्री पूष्प राज श्रेष्ठ

जन्म मिति : वि.सं. २००९

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०३१ - वि.सं. २०६५

डा.
लोकेन्द्रराज शर्माले त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एम.एस्सी तथा लखनउ विश्वविद्यालय भारतबाट विद्यावारिधि डिग्री हासिल गर्नु भएको थियो।वहाले वि.सं. २०३१  साल देखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो।वहाँले वि.सं. २०६३ मा वनस्पति विभागको महानिर्देशक पदमा कार्यभार सम्हाल्नुभएको थियो। नेपालको झ्याउ प्रजातिको अध्ययन अनुसन्धानमा वहाँले विशेष योगदान दिनुभएको थियो। वहाँको परम्परागत जडिबुटीहरु सम्बन्धि, जैविक विविधता संरक्षण विशेष दक्षता रहेको छ ।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा २0 भन्दा बढी जति अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशित भएका छन्।

वहाँ महेन्द्र विद्या भूषण पदक बाट सम्मानित हुनुहुन्छ ।

डा. कृष्ण चन्द्र पौडेल

डा. कृष्ण चन्द्र पौडेल

जन्म मिति : वि.सं. २०१७

...

View More
डा. कृष्ण चन्द्र पौडेल

डा. कृष्ण चन्द्र पौडेल

जन्म मिति : वि.सं. २०१७

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०६६ -  वि.सं. २०६७

डा. कृष्ण चन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०३९ मा वनस्पति शास्त्रमा स्नातक, वि.सं.  २०४२ भारतीय वन महाविद्यालय, देहरादुनबाट वन विज्ञानमा पोष्ट ग्राजुएट डिप्लोमा, वि.सं. २०५० मा वेल्स विश्वविद्यालय, बेलायतबाट वातावरणीय वन विज्ञानमा स्नातकोत्तर र वि.सं.  २०५८ मा कृषि वन विश्वविद्यालय भियनाबाट कृषि वन प्रणालीमा लप्सी खेती विकास विषयमा विद्यावारिधि हासिल गर्नु भएको थियो।वि.स. २०४२ सालमा सहायक वन अधिकृत पदबाट सरकारी सेवा प्रवेश गर्नुभएको थियो। वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतका वन विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सम्हाली सक्नु भएका डा. पौडेल वि.सं. २०६६ देखि वनस्पति विभागको महानिर्देशक पदको रुपमा कार्यभार सम्हाल्नु भएको थियो।

वहाँले नेपालको मौलिक वनस्पति लप्सी (Choerospondias axillaris) बारे अनुसन्धान गरी नेपालमा लप्सी पाईने ठाउँको पहिचान,परम्परागत ज्ञानको अभिलेखिकरण महत्वपूर्ण योगदान प्रदान गर्नुभएको थियो।नेपाल जैविक विविधता रणनीति,राष्ट्रिय जैविक सुरक्षा संरचना, जैविक विविधता कार्यन्वयन योजना जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माणमा वहाँको भूमिका महत्वपूर्ण रहेको थियो।वहाँले वातावरणीय प्रभाव मुल्यांकन (EIA),प्रारम्भिक वातावरणीय परिक्षण (IEE) का प्रतिवेदनको मूल्यांकनमा समेत योगदान गर्नुभएको थियो । वहाँले आफ्नो कार्यकाल अवधिमा राष्ट्रिय वनस्पति पुरस्कारको स्थापना गर्नकोलागि विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा १२ भन्दा बढी अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशित भएको छ ।

वहाँ सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित हुनुहुन्छ ।

श्री प्रकाश सायमी

श्री प्रकाश सायमी

डा. सुशीम रञ्‍जन बराल

डा. सुशीम रञ्‍जन बराल

जन्म मिति : वि. सं. २०११

...

View More
डा. सुशीम रञ्‍जन बराल

डा. सुशीम रञ्‍जन बराल

जन्म मिति : वि. सं. २०११

वनस्पति विभागमा कार्यकाल अवधि : वि. सं. २०६७ - वि. सं. २०६८

डा. सुशीम रञ्‍जन बरालले त्रिभुवन विश्वविद्यालयबाट वि. सं. २०४० सालमा वनस्पति शास्त्रमा  एम. एस्सी. उत्तीर्ण गर्नुभई वनारस हिन्दु विश्वविद्यालय भारतबाट विद्यावारिधी डिग्री हासिल गर्नुभएको थियो । वहाँ वि. सं. २०३६ मा वनस्पति विभागमै पदस्थापन भई सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।वि.सं. २०६७ सालमा वहाँले वनस्पति विभागको महानिर्देशकको रुपमा पदभार सम्हाली कार्य गर्नुभएको थियो।वहाँले वनस्पतिहरुको संरक्षणका लागि हर्वेरियमको डिजिटाईजेसन सुरु गर्नको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको थियो । वहाँको जडिबुटी तथा गैरकाष्ठ वनपैदावार, लेउ (Algae) विषयमा दक्षता रहेको छ ।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा ३० भन्दा बढी अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशिक भएको छ ।साथै ८० भन्दा बढी प्रकाशनहरुको सम्पादन पनि गर्नुभएको छ। वहाँले Algae, नेपालका फुल फुल्ने वनस्पतिहरु (Vol. I, II, III) पुस्तकहरु लेख्नुभएको छ ।

वहाँ प्रबल गोरखा दक्षिण बाहुबाट सम्मानित हुनुहुन्छ ।

डा. अन्नपुर्णनन्द दास

डा. अन्नपुर्णनन्द दास

जन्म मिति : वि. सं. २०१७

...

View More
डा. अन्नपुर्णनन्द दास

डा. अन्नपुर्णनन्द दास

जन्म मिति : वि. सं. २०१७

वनस्पति विभागमा कार्यकाल अवधि : वि. सं. २०६८ - वि. सं.२०७०

डा. अन्नपुर्णनन्द दासले  अबेर्दिन विश्वविद्यालय,बेलायतबाट वि. सं. २०५० सालमा वन व्यवस्थापन विषयमा एम.एस्सी. उत्तीर्ण गर्नुभई सोही विश्वविद्यालयबाट वि. सं. २०५६ मा बाँसको आर्थिक र सामाजिक पक्षमा विद्यावारिधि गर्नुभएको थियो। वहाँ वि. सं. २०४३ देखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।नेपाल सरकारको वन तथा भुसंरक्षण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभाग र वन विभागमा महानिर्देशक पदमा कार्यभार सम्हालिसक्नुभएका डा. दासले वि.सं. २०६८ सालमा वनस्पति विभागको महानिर्देशकको पदमा रही कार्य सम्हाल्नुभएको थियो।वहाँको बाँस ( Bamboo ) को अनुसन्धानमा विशेष दक्षता रहेको छ । वहाँको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माणमा उल्लेखनीय योगदान रहेको छ ।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा ३० भन्दा बढी अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशिक भएको छ ।

स्व. यम बहादुर थापा

स्व. यम बहादुर थापा

जन्म मिति : वि.सं. २०१३ च...

View More
स्व. यम बहादुर थापा

स्व. यम बहादुर थापा

जन्म मिति : वि.सं. २०१३ चैत्र ३०

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०७० - वि.सं. २०७१

श्री यम बहादुर थापाले वन विज्ञान विषयमा फिलिपिन्स विश्वविद्यालयबाट वि.सं. २०५१ मा एम. एस्सी. उत्तीर्ण गर्नुभएको थियो ।वहाँले वि.सं. २०३८ सालदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । वहाँले वनस्पति विभागको महानिर्देशकको रुपमा वि.सं. २०७० सालमा कार्यभार सम्हाल्नुभएको थियो ।वहाँले नेपालका वन तथा वानस्पतिक क्षेत्रको विकासको र विभाग अन्तर्गतका प्रयोगशालाहरुको Accreditation कार्यको थालनी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वन नीति नियम निर्माणमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो ।

श्री राजदेव प्रसाद यादव

श्री राजदेव प्रसाद यादव

जन्म मिति : वि.सं. २०१५

...

View More
श्री राजदेव प्रसाद यादव

श्री राजदेव प्रसाद यादव

जन्म मिति : वि.सं. २०१५

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०७२- वि.सं. २०७३

श्री राजदेव प्रसाद यादवले वन विज्ञान विषयमा पोखरा फरेष्ट्री कलेजबाट एम. एस्सी. उत्तीर्ण गर्नुभएको थियो ।वहाँले वि.सं. २०३७ सालदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । वहाँले वनस्पति विभागको महानिर्देशकको रुपमा वि.सं. २०७२ सालमा कार्यभार सम्हाल्नुभएको थियो ।वहाँले नेपालका वन तथा वानस्पतिक क्षेत्रको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

डा. अखिलेश्वर लाल कर्ण

डा. अखिलेश्वर लाल कर्ण

जन्म मिति : वि.सं. २०१७

...

View More
डा. अखिलेश्वर लाल कर्ण

डा. अखिलेश्वर लाल कर्ण

जन्म मिति : वि.सं. २०१७

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०७३

डा. अखिलेश्वर लाल कर्णले रिडिंग विश्वविद्यालय,बेलायतबाट वि. सं. २०५४ सालमा फरेष्ट्री विषयमा एम. एस्सी. उत्तीर्ण गर्नुभई ईस्ट अंगेलिया विश्वविद्यालय, नर्विच, बेलायतबाट Forest Resources Access, Livelihoods and Adaptation to Forest Consersion in Nepal‘s Terai  विषयमा विद्यावारिधि गर्नुभएको थियो । वहाँ वि. सं. २०४२ देखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।वन विभाग अन्तर्गतका क्षेत्रीय निर्देशनालयहरुमा क्षेत्रीय निर्देशकको रुपमा कार्य सम्हाली सक्नु भएका डा. कर्णले वि.सं. २०७३ सालमा वनस्पति विभागको महानिर्देशकको रुपमा पदभार सम्हाल्नुभएको थियो।वहाँको कार्यकालमा विभागमा विभिन्न कामहरु भएको थियो।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशिक भएको छ ।

श्री सन्जीव कुमार राई

श्री सन्जीव कुमार राई

जन्म मिति : वि.सं.२०३४

...

View More
श्री सन्जीव कुमार राई

श्री सन्जीव कुमार राई

जन्म मिति : वि.सं.२०३४

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं.२०६१- वि.सं.२०७५
वि.सं.२०७७- वि.सं.२०७८

श्री सन्जीव कुमार राईले त्रिभूवन विश्वविद्यालबाट वि.सं. २०५८ सालमा Plant Biotechnology मा एम.एस्सी. उत्तीर्ण गर्नुभएको थियो।हाल वहाँले त्रिभूवन विश्वविद्यालबाट Ecology and Climate Change मा विद्यावारिधि गरिरहनु भएको छ।वहाँले वि.सं २०६१ सालमा तत्कालिन जिल्ला वनस्पति कार्यालय,जुम्लामा कार्यालय प्रमुखको रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो।वहाँले आफ्नो कार्यकालमा तत्कालिन जिल्ला वनस्पति कार्यालय, कैलाली, केन्द्रिय उद्यान सेवा शाखा, सिंहदरबार र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा प्रमुखको रुपमा काम गरिसक्नुभएको छ।वहाँ छोटो कार्यकालमा नै नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको सहसचिव पदको जिम्मेवारी पाउनु भएको थियो। वहाँले वि. सं. २०७४ साल मंसीरदेखि वि.सं २०७५ भाद्रसम्म वनस्पति विभागको महा-निर्देशकको पदभार सम्हाल्नु भएको थियो ।

श्री सन्जीव कुमार राईले त्रिभूवन विश्वविद्यालबाट वि.सं. २०५८ सालमा Plant Biotechnology मा एम.एस्सी. उत्तीर्ण गर्नुभएको थियो।हाल वहाँले त्रिभूवन विश्वविद्यालबाट Ecology and Climate Change मा विद्यावारिधि गरिरहनु भएको छ।वहाँले वि.सं २०६१ सालमा तत्कालिन जिल्ला वनस्पति कार्यालय,जुम्लामा कार्यालय प्रमुखको रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो।वहाँले आफ्नो कार्यकालमा तत्कालिन जिल्ला वनस्पति कार्यालय, कैलाली, केन्द्रिय उद्यान सेवा शाखा, सिंहदरबार र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा प्रमुखको रुपमा काम गरिसक्नुभएको छ।वहाँ छोटो कार्यकालमा नै नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको सहसचिव पदको जिम्मेवारी पाउनु भएको थियो। वहाँले वि. सं. २०७४ साल मंसीरदेखि वि.सं २०७५ भाद्रसम्म वनस्पति विभागको महा-निर्देशकको पदभार सम्हाल्नु भएको थियो ।

वनस्पति विभागको अनुसन्धान क्षमताको अभिवृद्धि गर्नका लागि नेपाल सरकारद्वारा अनुसन्धानको क्षेत्रमा प्रदान गरिने विभिन्न अनुदानहरु भित्राउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका श्री सन्जीव कुमार राईले Make In Nepal र Traditional knowledge and Benefit Sharing जस्ता कार्यक्रमहरु साथै अनुसन्धानलाई मूल्य अभिवृद्धि शृंखलासँग जोड्ने लयमा जुन महत्वपूर्ण भूमिका निभाउनु भएको थियो त्यो अनुकरणीय रहेको छ ।

वहाँले विभिन्न बीस वटा अनुसन्धात्मक लेख रचनाहरुको प्रकाशन एवं  एक वटा पुस्तकको लेखन गर्नुका साथै पाँचवटा भन्दा धेरै पुस्तकहरु सहलेखन गर्नुभएको छ । वहाँ एउटा उत्साहि, जिज्ञासु एवं प्रकृति अन्वेषक हुनुका साथै एक कुशल वानस्पतिक फोटोग्राफर पनि हुनुहुन्छ ।वहाँको मार्गदर्शनले नयाँ पिंढीका वनस्पति विज्ञहरुका लागि एउटा प्रेरणाका श्रोत, कुशल मार्गदर्शक साथै गन्तव्यमा पुग्नको लागि उत्प्रेरित गर्ने व्यक्तिको रुपमा चिनाएको छ ।

वनस्पति विधामा योगदान गर्ने कर्मचारीहरु र विश्‍वका वैज्ञानिकहरुलाई प्रदान गरिने अन्तर्राष्ट्रिय स्तरको बेलायत स्थित रोयल बोटानिक गार्डेन एडिनबरा (RBGE) पदक द्वारा वहाँ सम्मानित  हुनु भएको छ।हाल वहाँ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं.१ मा  प्रदेश सचिवको रुपमा सेवारत हुनुहुन्छ।

श्री धनञ्‍जय पौडेल

श्री धनञ्‍जय पौडेल

डा. बुद्धि सागर पौडेल

डा. बुद्धि सागर पौडेल

डा. राधा वाग्ले

डा. राधा वाग्ले

डा. राजेन्द्र के. सी.

डा. राजेन्द्र के. सी.

महानिर्देशक

Pin It on Pinterest

Share This