डा. कृष्ण चन्द्र पौडेल

डा. कृष्ण चन्द्र पौडेल

जन्म मिति : वि.सं. २०१७

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०६६ -  वि.सं. २०६७

डा. कृष्ण चन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०३९ मा वनस्पति शास्त्रमा स्नातक, वि.सं.  २०४२ भारतीय वन महाविद्यालय, देहरादुनबाट वन विज्ञानमा पोष्ट ग्राजुएट डिप्लोमा, वि.सं. २०५० मा वेल्स विश्वविद्यालय, बेलायतबाट वातावरणीय वन विज्ञानमा स्नातकोत्तर र वि.सं.  २०५८ मा कृषि वन विश्वविद्यालय भियनाबाट कृषि वन प्रणालीमा लप्सी खेती विकास विषयमा विद्यावारिधि हासिल गर्नु भएको थियो।वि.स. २०४२ सालमा सहायक वन अधिकृत पदबाट सरकारी सेवा प्रवेश गर्नुभएको थियो। वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गतका वन विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सम्हाली सक्नु भएका डा. पौडेल वि.सं. २०६६ देखि वनस्पति विभागको महानिर्देशक पदको रुपमा कार्यभार सम्हाल्नु भएको थियो।

वहाँले नेपालको मौलिक वनस्पति लप्सी (Choerospondias axillaris) बारे अनुसन्धान गरी नेपालमा लप्सी पाईने ठाउँको पहिचान,परम्परागत ज्ञानको अभिलेखिकरण महत्वपूर्ण योगदान प्रदान गर्नुभएको थियो।नेपाल जैविक विविधता रणनीति,राष्ट्रिय जैविक सुरक्षा संरचना, जैविक विविधता कार्यन्वयन योजना जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माणमा वहाँको भूमिका महत्वपूर्ण रहेको थियो।वहाँले वातावरणीय प्रभाव मुल्यांकन (EIA),प्रारम्भिक वातावरणीय परिक्षण (IEE) का प्रतिवेदनको मूल्यांकनमा समेत योगदान गर्नुभएको थियो । वहाँले आफ्नो कार्यकाल अवधिमा राष्ट्रिय वनस्पति पुरस्कारको स्थापना गर्नकोलागि विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।

वहाँको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा १२ भन्दा बढी अनुसन्धानमुलक लेख रचनाहरु प्रकाशित भएको छ ।

वहाँ सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित हुनुहुन्छ ।

Contact Information

Pin It on Pinterest

Share This