डा. पुरुषोत्तम नारायण सुवाल

डा. पुरुषोत्तम नारायण सुवाल

जन्म मिति : वि.स. १९८७

वनस्पति विभागमा कार्यकाल अवधि : वि.सं. २०२४- वि.सं. २०२९

डा. पुरुषोत्तम नारायण सुवाल वि.स. २००८ मा बनारसमा हिन्दु विश्वविद्यालयबाट एम. फार्म तथा वि.सं. २०१६ मा यूनिभर्सिटी अफ लण्डनबाट विद्यावारिधिको डिग्री हासिल गर्नुभएको थियो । वहाँले वि.स. २००९ देखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो।साथै वि.सं. २०२४ मा वनस्पति विभागको महानिर्देशकको पद सम्हाल्नु भएको थियो।देशमा औषधी उद्योगका पूर्वाधारहरु खडा गर्न तथा यस विभागबाट औषधी उत्पादन कार्य शुरु गर्न वहाँले अग्रणी भुमिका निर्वाह गर्नुभएको थियो।

वहाँ महेन्द्र विद्या भुषण "क" , गोरखा दक्षिण बाहु र त्रिशक्ति पट्ट पदकहरुबाट पनि विभुषित हुनुहुन्छ ।

Contact Information

Pin It on Pinterest

Share This