टिष्टुङ्ग वनस्पति उद्यान मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाको टिष्टुङ्ग क्षेत्रमा पर्दछ ।यस उद्यानको स्थापना वि. सं. २०२२ सालमा भएको हो। यसले ४५ हे. क्षेत्रफल ओगटेको छ भने समुन्द्री सतहदेखि १९०० मिटर उचाइमा रहेको छ । यहाँ मध्य पहाडी क्षेत्रमा पाइने बहुमूल्य वनस्पतिहरु सतुवा, लौँठसल्ला, चिराइतो, मजिठो, सुगन्धवाल, पाषणवेद, टिमुर, भूइँस्याउ, अलैची तथा विभिन्न प्रजातिका सुनाखरी लगायतका वनस्पतिहरु गरी ३०० प्रजातिका वनस्पतिहरुको स्व-स्थानीय तथा पर-स्थानीय संरक्षण गरिएको छ। उद्यानमा धसिङ्ग्रेको अनुसन्धान कार्यक्रमका साथै चिराइतोको भेराइटी विकास कार्यक्रम सञ्चालनमा रहेका छन् साथै यहाँ लिलि, एजेलिया, गुराँसका शोभनीय आकर्षक प्लटहरु रहेका छन्।
![](https://dpr.gov.np/wp-content/uploads/2023/06/newlogo01.png)