Home 5 संगठन 5 उद्यान 5 देवरीया वनस्पति उद्यान, धनगढी, कैलाली

देवरीया वनस्पति उद्यान, धनगढी, कैलाली

धनगढी उप-महानगरपालिका वडा नं. ७ देवहरियामा रहेको यो वनस्पति उद्यान २८°४२ʹ२२ʺ उत्तरी अक्षांश र ८०°३७ʹ५५ʺ पूर्वी देशान्तरमा अवस्थित छ र समुन्द्री सतहदेखि १७० मिटरको उचाईमा १४९.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस उद्यानभित्र जैविक विविधता र सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण तीन वटा प्राकृतिक तालहरु / सिमसारहरु जस्तै जखौर ताल (१२.५५ हे.), मुरफट्टा ताल (२.५२ हे.) र मुरफट्टी ताल (१.३२ हे.) रहेका छन। यस उद्यानको जम्मा क्षेत्रमध्ये करीब १२ हेक्टर क्षेत्रफलमा नियमित रुपमा उद्यान विकास र जडीबुटी विकासका कार्यक्रमहरु संचालन भईरहेका छन भने बाकी क्षेत्रमा तालहरु र प्राकृतिक अवस्थामा वनस्पतिहरुलाई स्वस्थानीय संरक्षण गरिएको छ ।

यस वनस्पति उद्यानभित्र सर्पगन्धा, छतिवन, विजयसाल, सतिसाल, अर्जुन, रक्तचंदन, श्रीखण्ड, सुगन्धकोकिला, खयर, रुद्राक्ष, सिकाकाई, सिमल, हर्रो, बर्रो, नीम, खमारी, अमला, कुरिलो, वन मुला, सेतो मुसली, कालो मुसली आदि जस्ता महत्वपूर्ण वनस्पतिहरु संरक्षण गरी राखिएका छन् । त्यस्तै विभिन्न प्रकारका सुगन्धित वनस्पतिहरुको प्रदर्शन प्लट तथा अनुसन्धान प्लटहरु स्थापना गरी वनस्पति अध्ययन तथा अनुसन्धानका कार्यहरु गर्ने गरिएको छ । देवहरिया वनस्पति उद्यानभित्र वनस्पति प्रजातिहरुको सारतत्व अध्ययनको लागि रसायनिक प्रयोगशाला रहेको छ । हाल यस प्रयोगशालावाट सुगन्धित वनस्पतिहरुको तेल प्रशोधन गरी तेल प्रतिशत निकाल्ने कार्य भईरहेको छ । त्यस्तै सेवाग्राहीहरुवाट प्राप्त सुगन्धित वनस्पतिहरुको तेल प्रशोधन गरी सेवा प्रदान गर्दै आईरहेको छ ।

Pin It on Pinterest

Share This