Home 5 संगठन 5 उद्यान 5 ढकेरी वनस्पति उद्यान, बाँके

ढकेरी वनस्पति उद्यान, बाँके

ढकेरी वनस्पति उद्यान, बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिका वार्ड नं. ९ ढकेरीमा अवस्थित छ। यस उद्यानको स्थापना वि.सं. २०५६ सालमा भएको हो। समुन्द्री सतहदेखि १६० मिटर उचाईमा रहेको यस वनस्पति उद्यान करिब ५.२९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो उद्यान वनस्पति अनुसन्धान केन्द्र, बाँकेको कार्यालय, नेपालगंज-४ सल्यानीवागदेखि करिब २७ कि.मि. र कोहलपुर चौराहाबाट ११ कि.मि. पूर्वतर्फ महेन्द्र राजमार्गको दायाँतर्फ रहेको छ। यसमा  भन्दा ४५० बढी संख्याका वनस्पति प्रजातिहरुको स्वस्थानीय (In-situ) र परस्थानीय (Ex-situ) संरक्षण कार्य भईरहेको छ। संरक्षित मुख्य प्रजातिहरुमाः पिपला, सर्पगन्धा, कुचिला, श्रीखण्ड, सिकाकाई, कुरिलो, वेतलौरी, बोझो, आँक, राजवृक्ष, कालोमुसली, तेजपात, सितलचिनी, बेल, सोनटाटा, सिन्दुर, खयर, अनन्तमूल, अगई, गुडमार, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो लगायत छन्।

उद्यानमा स्वदेशी शोभनीय- मौसमी शोभनीय फूल बिरुवा उत्पादन तथा अनुसन्धान, जडीबुटी प्रदर्शनी स्थल स्थापना, शैक्षिक बाटिका व्यवस्थापन, गुणस्तरीय जडीबुटी बिरुवा (Medicinal plants) उत्पादन, ल्याण्डस्केप तथा जाति विशेष उद्यान व्यवस्थापन, जलीय उद्यान व्यवस्थापन आदि कार्यहरु संचालनमा छन्। यहाँ वैज्ञानिक तथा शैक्षिक प्रयोजनका लागि दुर्लभ तथा लोपोनुमुख प्रजातिहरुको संरक्षण, अर्किड संरक्षण, उन्यू संरक्षण तथा अन्य प्रदर्शनी प्लट एवं वंशाणुस्रोत (Germ plasm) संरक्षण प्लटहरुको व्यवस्थापन गरिएको छ। यहाँ विभिन्‍न शैक्षिक संस्थाहरुबाट अवलोकन हुने गरेको छ।

Pin It on Pinterest

Share This