धनगढीको मुख्य बजारवाट करीब २६ किमी उत्तर अत्तरिया डडेल्धुरा राजमार्ग छेउमा स्थित यो उद्यान करीब १०६ हेक्टर क्षेत्रफलमा फैलिएको छ। चुरे क्षेत्रमा रहेको यस उद्यानमा विजयसाल, टटेलो, छतिवन, कुसुम, राजवृक्ष, खयर आदि लोपोन्मुख प्रजातिहरुको स्वस्थानीय संरक्षण गरिएको छ। यसलाई चुरे र तराई क्षेत्रको नमूना वनस्पति उद्यानको रुपमा विकास गर्ने उद्देश्य लिईएको छ ।
![](https://dpr.gov.np/wp-content/uploads/2023/06/newlogo01.png)